१७ श्रावण २०८३, आइतबार । August 2, 2026

देशभर मनसुनी प्रभाव तीव्र: केही प्रदेशमा भारी वर्षा र डुबानको जोखिम


२० असार २०८२, शुक्रबार  

117
Shares

काठमाडौं । हाल देशभर मनसुनी प्रणालीको सक्रिय प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था कायम छ। विभिन्न प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि मौसम सामान्यतया बदली रहनेछ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखिमध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।

तीमध्ये कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने सम्भावना छ। यसका साथै, उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखिमध्यम वर्षा हुनसक्नेछ। यिनै प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहँदा सतर्कता आवश्यक छ।

विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागहरूमा सम्भावित भारी वर्षाले सहरी तथा तराई क्षेत्रमा डुबानको खतरा सिर्जना गर्न सक्छ। साथै, साना–ठूला नदी, नाला र खोलाहरूमा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्नेछ।

महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माणकार्य, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ७ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर