२८ पुस २०८२, सोमबार । January 13, 2026

देशभर मनसुनी प्रभाव तीव्र: केही प्रदेशमा भारी वर्षा र डुबानको जोखिम



काठमाडौं । हाल देशभर मनसुनी प्रणालीको सक्रिय प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था कायम छ। विभिन्न प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि मौसम सामान्यतया बदली रहनेछ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखिमध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।

तीमध्ये कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने सम्भावना छ। यसका साथै, उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखिमध्यम वर्षा हुनसक्नेछ। यिनै प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहँदा सतर्कता आवश्यक छ।

विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागहरूमा सम्भावित भारी वर्षाले सहरी तथा तराई क्षेत्रमा डुबानको खतरा सिर्जना गर्न सक्छ। साथै, साना–ठूला नदी, नाला र खोलाहरूमा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्नेछ।

महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माणकार्य, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ७ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले