२४ भदौ २०८३, बुधबार । September 10, 2026

झापामा हात्तीको आक्रमणले ५९ वर्षीय पुरुषको ज्यान गयो


१९ असार २०८२, बिहिबार  

15
Shares

झापा । जिल्लाको बिर्तामोड–७ स्थित फक्तालुङमा आज बिहान हात्तीको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको हो। नायब प्रहरी उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार लिम्बू बिहान शौचालय जान घरको आँगनमा निस्किएका बेला हात्तीले एक्कासि आक्रमण गरेको थियो। घाइते अवस्थामै रहेकामा घटनास्थलमै उनको ज्यान गएको पुष्टि गरिएको छ।

प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। झापाको विभिन्न क्षेत्रमा बिगत केही समयदेखि वन्यजन्तु, विशेषगरी हात्तीको आक्रमणका घटना दोहोरिइरहेका छन्, जसले स्थानीयवासीको जनधनको सुरक्षामा चुनौती थपेको छ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ९ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated