२९ पुस २०८२, मंगलबार । January 13, 2026

झापामा हात्तीको आक्रमणले ५९ वर्षीय पुरुषको ज्यान गयो



झापा । जिल्लाको बिर्तामोड–७ स्थित फक्तालुङमा आज बिहान हात्तीको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको हो। नायब प्रहरी उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार लिम्बू बिहान शौचालय जान घरको आँगनमा निस्किएका बेला हात्तीले एक्कासि आक्रमण गरेको थियो। घाइते अवस्थामै रहेकामा घटनास्थलमै उनको ज्यान गएको पुष्टि गरिएको छ।

प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। झापाको विभिन्न क्षेत्रमा बिगत केही समयदेखि वन्यजन्तु, विशेषगरी हात्तीको आक्रमणका घटना दोहोरिइरहेका छन्, जसले स्थानीयवासीको जनधनको सुरक्षामा चुनौती थपेको छ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ९ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले