२९ पुस २०८२, मंगलबार । January 13, 2026

तीन दिनसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिम उच्च भएको चेतावनी दिएको छ।

असार १८ देखि २० गतेसम्म विशेष सतर्कता आवश्यक रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार नुवाकोट जिल्ला प्रशासन कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै स्थानीयबासी तथा यात्रुहरूलाई सम्भावित प्राकृतिक विपद्बाट जोगिन पूर्वतयारी गर्न आह्वान गरेको हो।

वर्षाका कारण नदी, खोला, नाला र पहाडी क्षेत्रहरूमा पानीको बहाव अचानक बढ्न सक्ने हुँदा जोखिमयुक्त क्षेत्र, नदी किनार र पहिरो सम्भावित भूभागतिर नजान अनुरोध गरिएको छ।

साथै, अत्यावश्यक नपरेसम्म यात्रा नगर्न, यात्रा गर्नै परेमा मौसमसम्बन्धी जानकारी लिएर मात्र हिँड्न पनि प्रशासनले आग्रह गरेको छ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ७ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले