२१ माघ २०८२, मंगलबार । February 4, 2026

‘जनकपुर फिस हाउस’: राजधानीमा मिथिला स्वादको नयाँ यात्रा



काठमाडौं । “म नेपालभित्र मिथिला र तराईको खाना प्रवर्द्धन गर्छु, र विदेशमा समग्र नेपाली परिकारको प्रतिनिधित्व गर्छु,” सेफ सन्तोष साहले मङ्गलबार साँझ नक्सालमा सुरु गरिएको नयाँ फिस रेष्टुरेन्ट ‘जनकपुर फिस हाउस’को उद्घाटनमा भने।

सेफ साहको खाना प्रतिको प्रेम यति गहिरो छ कि उनले जनकपुरदेखि काठमाडौंसम्म मिथिला संस्कृतिका परिकार चिनाउँदै ल्याएका छन्, भने अन्तर्राष्ट्रिय स्तरमा नेपाली परिकारलाई विविधतासहित प्रस्तुत गर्दै आएका छन्। अमेरिकादेखि यूरोप, अष्ट्रेलिया, जापानसम्म उनले नेपाली विविधता बोकेको स्वादको अभियान चलाएका छन्।

हालै उनले विश्वका विभिन्न सहरहरूमा सीमित पाहुनाहरूलाई लक्षित गरेर पप-अप शो आयोजना गर्दै आएका छन्, जहाँ अधिकतम २०–२२ जनालाई लक्षित गरी १७ कोर्ससम्मका परिकार पस्किन्छन्। यस्ता अनुभवमूलक खानाको कार्यक्रम अहिले विश्वभरबाट माग भइरहेका छन्।

स्वदेशमा भने उनले मिथिला थालीको लोकप्रियता फैलाउने काम गरेका छन्। ललितपुरको झम्सिखेलबाट सुरु गरिएको ‘मिथिला थाली’ हाल नक्साल, गौशाला हुँदै जनकपुरसम्म फैलिएको छ। अब, उनले जनकपुरको माछाका परिकार राजधानीमा ल्याउँदै ‘जनकपुर फिस हाउस’मार्फत क्रस प्रमोशनको नयाँ पाटो सुरुआत गरेका छन्।

नक्सालस्थित मिथिला थालीमै खुलेको जनकपुर फिस हाउसमा जनकपुरे स्वादमा माछाका परिकार तयार पारिने सेफ साहको दाबी छ। “हामीले माछा पकाउने जनकपुरे शैलीलाई दुरुस्तै पुनःनिर्माण गरेका छौं, जसले यहाँको स्वादप्रियलाई जनकपुरको तलतल सम्झाउनेछ,” उनले भने।

उद्घाटनको दिन सेफ साह आफैंले पाहुनाहरूका लागि माछाका परिकार तयार पारे। सहभागी पाहुनाहरूले परिकारको स्वादको खुलेर प्रशंसा गरे र जनकपुर फिस हाउस माछा पारखीका लागि नयाँ गन्तव्य बन्ने विश्वास व्यक्त गरे। रेष्टुरेन्टमा मोटो तावामा, सर्सिउँको तेलमा तारेको माछा, जनकपुरकै पारम्परिक विधिमा पकाइएको हुन्छ।

खुला भान्साको व्यवस्था गरिएको यो फिस हाउसमा सेफ सन्तोषलाई उनका दाजु सेफ दिलीपले साथ दिएका छन्, जसको हस्पिटालिटी क्षेत्रमा नेपाल, भारत र मध्य अमेरिकासम्म फैलिएको साढे तीन दशक लामो अनुभव छ। सेफ दिलीप भन्छन्, “काठमाडौंबासीलाई जस्तै तर जनकपुरको परिकारबाटै प्रभावित भएर नयाँ स्वाद दिने हाम्रो प्रयास हो। माछाको स्वादलाई जनकपुरकै शैलीमा प्रवाह गर्ने उद्देश्य राखिएको छ।”

जनकपुर फिस हाउसमा करिब १० प्रकारका माछाका परिकार पाइनेछन्, जसमध्ये स्पेशल तावा फिस, मुरी र मुलाको अचारसहित सर्भ गरिन्छ। ट्राउट, झिँगे माछा, फिस चिली, फिस सेटजस्ता विविध परिकार पनि जनकपुरी स्वादअनुसार तयार गरिन्छन्।

पेय पदार्थहरू पनि सुलभ मूल्यमा उपलब्ध छन्। सेफ साहले अगाडि बढाएको यो प्रयासले न केवल मिथिला र जनकपुरको स्वादलाई राष्ट्रिय तहमा चिनाउने काम गरिरहेको छ, तर नेपाली खानाको अन्तर्राष्ट्रिय पहिचानलाई पनि मजबुत बनाइरहेको छ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १० : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल