१ आश्विन २०८३, बिहिबार । September 18, 2026

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते, तीनको अवस्था गम्भीर


१८ असार २०८२, बुधबार  

39
Shares

ताप्लेजुङ । सिदिङ्वा गाउँपालिका–३ मा गए राति आएको पहिरोले एक घर पुरिँदा चार जना घाइते भएका छन्।

पहिरो स्थानीय हस्तबहादुर कटुवालको घरमा खसेको थियो, जसले उनीसहित उनका परिवारका सदस्यहरूलाई घाइते बनाएको हो। घटनाबारे जानकारी दिँदै स्थानीय मौसम सेलिङले कटुवालसहित उनकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना पहिरोमा परी घाइते भएको बताए।

घरमाथिबाट बग्ने कुलो थुनिएपछि जमेको पानी र माटोसहितको पहिरो अचानक घरमाथि खस्दा दुर्घटना भएको जनाइएको छ। घटनापछि छिमेकीहरूको सहयोगमा कटुवाल परिवारलाई उद्धार गरिएको हो।

प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ र उनीहरूलाई थप उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको छ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ९ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ