१ कार्तिक २०८३, आइतबार । October 18, 2026

देशभर मनसुनको सक्रियता: केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध


१८ असार २०८२, बुधबार  

93
Shares

काठमाडौं । देशभर हाल मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहँदा मौसम बदलिँदो देखिएको छ। यसको प्रभावस्वरूप सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूसहित अधिकांश प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसोको समयभर देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेश र पहाडी भूभागमा वर्षा व्यापक हुने देखिएको छ भने अन्य भूभागमा पनि केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यससँगै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही भागहरूमा हल्कादेखि मध्यम वर्षासँगै हिमपातको पनि सम्भावना छ।

रातिको समयमा पनि मौसम समान रूपमा बदली रहनेछ। पहाडी क्षेत्रमा केही स्थानहरूमा र अन्यत्र थोरै ठाउँहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावित छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ६ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि