३० चैत्र २०८२, सोमबार । April 13, 2026

हेटौंडामा कोइला बोकेको ट्रक दुर्घटना: चालकको मृत्यु, सहचालक घाइते


१७ असार २०८२, मंगलबार  

42
Shares

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे नजिकै पूर्वपश्चिम राजमार्गमा आज बिहान एक कोइला बोकेको ट्रक दुर्घटनामा परिँदा चालकको ज्यान गएको छ भने सहचालक घाइते भएका छन्।

भारतको वनारसबाट रिद्दिसिदी सिमेन्ट उद्योगका लागि कोइला बोकेर आउँदै गरेको युपी ६१ एटी ०९६२ नम्बरको ट्रक दुर्घटना हुँदा चालक ४५ वर्षीय महेन्द्र यादव, गाजीपुर जिल्ला पुरैनियाँका बासिन्दा, गम्भीर रूपमा घाइते अवस्थामा ट्रकभित्र च्यापिएका थिए। प्रहरीले उद्धार गरी तत्काल हेटौँडा अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

दुर्घटनामा सहचालक २६ वर्षीय मनोज यादव, सोही स्थानका निवासी, घाइते भएका छन्। उनको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका छन्।

दुर्घटनाको कारण भने अझै खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १० : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व