३० चैत्र २०८२, सोमबार । April 13, 2026

देशभर मनसुन सक्रिय : वर्षा, बाढी र पहिरोप्रति सतर्क रहन आग्रह


१७ असार २०८२, मंगलबार  

69
Shares

काठमाडौं । हाल नेपालभर मनसुनी वायुको प्रभाव सक्रिय रूपमा देखिएको छ।

मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तरतर्फ सरेर पश्चिम नेपालको केही भाग नजिक पुगेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हालको अवस्थाअनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली छ भने अन्य क्षेत्रहरूमा आंशिक बदली देखिएको छ।

सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यसैगरी, कोशी र कर्णाली प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा भइरहेको जानकारी प्राप्त भएको छ। देशभर सामान्य बदली रहनेछ। पहाडी भू-भागका धेरै स्थानहरूमा तथा अन्य भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ। उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको छ। राति पनि मौसम सामान्यतया बदली रहनेछ। देशका पहाडी भागका केही स्थानमा तथा अन्य स्थानका थोरै क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।

कोशी प्रदेशमा एक–दुई स्थानमा भारी वर्षा सम्भावित छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना यथावत् छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका पहाडी भू-भागमा व्यापक वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि अत्यधिक वर्षा हुन सक्ने भएकाले सतर्क रहन मौसम विभागले आग्रह गरेको छ।

उच्च वर्षा र हिमपातका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी, भू–क्षय र पहिरोजस्ता प्राकृतिक प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, यातायात, तथा दैनिक जनजीवनमा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै सावधानी अपनाउन अनुरोध गरिएको छ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ९ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व