२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

देशभर मनसुनी प्रभाव सक्रिय, वर्षा र सम्भावित प्रकोपप्रति सतर्कता अपील



काठमाडौं । देशभर मनसुनी वायुको सक्रिय प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

यसको असरस्वरूप हाल कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा सामान्य बदली देखिएको छ भने बाँकी पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने अवस्था छ। अन्य भूभागमा मौसम मुख्यतया खुला रहेको जनाइएको छ। हाल कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

दिनभर कर्णाली, सुदूरपश्चिम, र अन्य पहाडी क्षेत्रहरूमा केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरूमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

साथै, देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ। कोशी र मधेस प्रदेशका केही तराई भूभागहरूमा हावाहुरी चल्ने सम्भावना छ। रातिको समय पनि आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको जोखिम रहेको बताइएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा वर्षासँगै हिमपातको पनि सम्भावना छ।

मौसमको यो अवस्थाले विशेष गरी नदीहरूमा जल सतह बढ्न सक्ने, गेग्रान बहाव आउन सक्ने, बाढी, पहिरो तथा भूक्षय जस्ता प्राकृतिक प्रकोपको जोखिम बढ्न सक्ने सम्भावना भएकाले महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जनसुरक्षा र पूर्वतयारीलाई मध्यनजर गर्दै नागरिकलाई सतर्क रहन र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ७ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको