३ कार्तिक २०८३, मंगलबार । October 21, 2026

देशभर मनसुन सक्रिय : भारी वर्षा, बाढी र भूक्षयको सम्भावना


९ असार २०८२, सोमबार  

51
Shares

काठमाडौं । हाल नेपालभर मनसुनी प्रणाली सक्रिय भएसँगै विभिन्न प्रदेशमा मौसम बदली र वर्षाको क्रम जारी रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा सामान्यतया आकाश ढाकिएको छ भने अन्य प्रदेशहरूमा आंशिक बदलीको अवस्था छ। कोशी प्रदेशका केही स्थानहरूमा, साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जानकारी प्राप्त भएको छ। सोमबार पनि अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने पूर्वानुमान गरिएको छ।

विशेषगरी बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा तथा देशका अन्य भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने चेतावनी पनि दिइएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ।

यस मौसमी अवस्थाका कारण नदीहरूको जल सतहमा वृद्धि, पहिरो, भूक्षय तथा बाढीको सम्भावना रहने भएकाले महाशाखाले सबैलाई सतर्क रहन आग्रह गरेको छ। यसले जनस्वास्थ्य, कृषि, यातायात तथा दैनिक जनजीवनमा प्रभाव पार्न सक्ने भएकाले आवश्यक सुरक्षात्मक उपायहरू अवलम्बन गर्न सुझाव दिइएको छ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ९ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि