२४ असार २०८२, मंगलबार । July 8, 2025

देशभर भारी बर्षा, पहिरोले विभिन्न राजमार्ग अवरुद्ध



काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका धेरैजसो भूभागमा मनसुनी प्रणालीको प्रभाव सक्रिय रहेको छ भने लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा पनि यसको आंशिक प्रभाव देखिएको छ।

साथै देशको पश्चिमी भागमा पश्चिमी वायु र स्थानीय मौसमी प्रणालीको असर कायम छ। भारतको पश्चिम बङ्गाल आसपासको न्यूनचापीय प्रणालीले पनि नेपाली मौसममा आंशिक असर पारेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, यी सबै प्रणालीहरूको संयुक्त प्रभावका कारण हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। कोशी, मधेस र बागमती प्रदेशका केही भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशका एक–दुई स्थानमा पनि वर्षा जारी छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। विशेषगरी पहाडी क्षेत्रका विभिन्न स्थानमा र बाँकी भागका थोरै क्षेत्रमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने देखिएको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रमा भने हल्का वर्षासँगै हिमपातको पनि पूर्वानुमान गरिएको छ।

कोशी र मधेस प्रदेशका तराई भूभागमा बेलाबेलामा हुरी/हवाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि मौसम मिल्दोजुल्दो रहनेछ—देशभर आंशिकदेखि सामान्य बदली, केही पहाडी भागमा चट्याङसहित वर्षा, र कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले सम्भावित भारी वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोमबार सेयर बजारमा गिरावट : नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबारी दिन सोमबार नेप्से परिसूचकमा दोहोरो

स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

काठमाडौं । उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोट खेलेर

टेक्सास बाढी अपडेटः हालसम्म ७८ जनाको मृत्यु, ४१ अझै बेपत्ता

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा आएको भीषण बाढीले

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउन्ड बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

टेक्सासमा विनाशकारी बाढी: ५० जनाको मृत्यु, २७ बालिका अझै बेपत्ता

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा केही दिनदेखिको लगातारको मुसलधारे वर्षाले