२४ असार २०८२, मंगलबार । July 8, 2025

त्रिदेशीय टी-२० सिरिजः नेपाल र स्कटल्याण्डको अन्तिम भिडन्त आज



काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको अन्तिम खेलमा आज नेपाल र आयोजक स्कटल्याण्ड आमनेसामना हुँदैछन्।

खेल ग्लासग्लोस्थित मैदानमा नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ। शृंखलामा हालसम्म नेपालले तीन खेलमध्ये दुईमा जित हात पार्दै सशक्त प्रदर्शन गरेको छ। स्कटल्याण्डले भने एकमात्र जित दर्ता गरेको छ। पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराए पनि त्यसपछिका दुई खेलमा स्कटिश टोली नेपाल र नेदरल्याण्ड्ससँग पराजित भयो।

नेपालले भने पहिलो खेलमा नेदरल्याण्ड्ससँग सुपर ओभरमा पराजित भए पनि त्यसपछिका दुबै खेलमा शानदार पुनरागमन गर्दै स्कटल्याण्ड र नेदरल्याण्ड्सलाई पराजित गरेको हो। टी–२० फर्म्याटमा नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म दुई पटकमात्र प्रतिस्पर्धा भएको छ, जसमा दुबै टोलीले एक/एक पटक जितेका छन्। टी–२०आई अन्तर्राष्ट्रिय मान्यतासहितको खेलमा भने नेपाल मंगलबार पहिलोपटक विजयी भएको थियो।

यसअघि लिग–२ अन्तर्गतको एकदिवसीय शृंखलामा पनि नेपालले स्कटल्याण्डविरुद्ध राम्रो प्रदर्शन गर्दै चारमध्ये तीन खेलमा जित निकालेको थियो।

अबको यो अन्तिम खेल जित्दै नेपालले टी–२०आई शृंखलालाई सफलतापूर्वक टुंग्याउने लक्ष्य राखेको छ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोमबार सेयर बजारमा गिरावट : नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबारी दिन सोमबार नेप्से परिसूचकमा दोहोरो

स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

काठमाडौं । उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोट खेलेर

टेक्सास बाढी अपडेटः हालसम्म ७८ जनाको मृत्यु, ४१ अझै बेपत्ता

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा आएको भीषण बाढीले

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउन्ड बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

टेक्सासमा विनाशकारी बाढी: ५० जनाको मृत्यु, २७ बालिका अझै बेपत्ता

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा केही दिनदेखिको लगातारको मुसलधारे वर्षाले