४ श्रावण २०८३, सोमबार । July 20, 2026

फिफा क्लब विश्वकप: युभेन्टसको उत्कृष्ट सुरुवात


५ असार २०८२, बिहिबार  

24
Shares

काठमाडौं । फिफा क्लब विश्वकप २०२५ अन्तर्गत समूह ‘जी’ को खेलमा इटालियन पावरहाउस युभेन्टसले संयुक्त अरब इमिरेट्स (यूएई)को क्लब अल ऐनलाई ५–० को विशाल अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो यात्रा धमाकेदार ढंगले सुरु गरेको छ।

वाशिंगटन डीसी स्थित अडी फील्डमा आज बिहान सम्पन्न खेलमा युभेन्टस सुरुवातदेखि नै हावी देखियो। कप्तान वेस्टन म्याकेनीको नेतृत्वमा उत्रिएको टोलीले पहिलो हाफमै विपक्षीको रक्षापंक्तिलाई ध्वस्त पार्‍यो। फ्रान्सेली स्ट्राइकर रान्डल कोलो मुआनी र पोर्चुगिज विङ्गर फ्रान्सिस्को कोन्सेइकाओले दुई–दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे। त्यस्तै, टर्कीका युवा फरवार्ड केनान यिल्डिजले पनि एक गोल थप्दै जितमा योगदान दिए।

खेलको ११औं मिनेटमै कोलो मुआनीले पहिलो गोल गर्दै अग्रता दिलाए। त्यसको १० मिनेटपछि कोन्सेइकाओले अर्को गोल थप्दै स्कोरलाई २–० बनाए। पहिलो हाफको अन्त्यतिर, स्टपेज समयमा कोलोले व्यक्तिगत दोस्रो गोल गर्दै ३–० को अग्रता बनाए भने लगत्तै थपिएको गोलले हाफ सकिनुअघि नै ४–० बनायो।

दोस्रो हाफमा पनि युभेन्टसले दबदबा कायम राख्यो। ५८औं मिनेटमा कोन्सेइकाओले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोरलाई ५–० मा पुर्‍याए। अल ऐनले दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरे पनि पहिलो हाफको कमजोरीले खेलमै उनीहरूलाई पछाडि पार्‍यो।

समूह ‘जी’ मा युभेन्टस शीर्ष स्थानमा

यस जितसँगै युभेन्टस समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ। यही समूहमा रहेको इंग्लिश क्लब म्यानचेस्टर सिटीले पनि यसअघि मोरक्कोको क्लब विडाड कासाब्लान्कालाई २–० ले हराउँदै उत्कृष्ट सुरुवात गरेको थियो।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  १० : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर