२२ माघ २०८२, बुधबार । February 4, 2026

आजको मौसमः सबै प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा मनसुनी वायुको प्रभाव देखिएको छ भने देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको असरस्वरूप देशभर अहिले आंशिकदेखि सामान्य बदली भएको छ। बागमती प्रदेशका केही ठाउँहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आकाश सामान्यदेखि पूर्ण रूपमा बदली हुने अनुमान गरिएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँहरूमा र अन्य प्रदेशका केही भू–भागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हल्को वर्षासहित हिमपातको पनि सम्भावना छ।

आज राति पनि मौसम पूर्णतः बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा अन्य केही भागमा समेत चट्याङसहित वर्षा हुने सम्भावना कायम छ। विशेषगरी कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँहरूमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले सचेत रहन मौसम विभागले आग्रह गरेको छ।

विभागका अनुसार यस्तो मौसमी अवस्थाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा असर पुर्‍याउने सम्भावना भएकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ९ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल