२८ पुस २०८२, सोमबार । January 13, 2026

पाल्पामा जिप दुर्घटना: दुई जनाको ज्यान गयो, एक घाइते



पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–५ स्थित वीरकोटको आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

हिजो बेलुका आर्यभञ्ज्याङबाट रामपुरतर्फ जाँदै गरेको लु १ च ६७५६ नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लले जानकारी दिए ।

दुर्घटनामा जिपधनी बगनासकाली गाउँपालिका–१, गाप्टुङ स्थायी घर भई हाल बुटवल उपमहानगरपालिका–११ मझुवा बस्ने ४६ वर्षीय विनोद ढुङ्गाना र अर्का एकजना अन्दाजी ४५ वर्षीय पुरुषको ज्यान गएको हो। ढुङ्गानाको लुम्बिनी मेडिकल कलेज, प्रभासमा र अर्का व्यक्तिको मिसन अस्पताल, तानसेनमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा जिपका चालक बुटवल उपमहानगरपालिका–११ का ३० वर्षीय राजु खड्का घाइते भएका छन्। उनी हाल लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचाररत छन्।

दुर्घटनाको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ७ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले