२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

इजरायलद्वारा इरानी टेलिभिजन कार्यालयमा हमला, प्रत्यक्ष प्रसारणमै देखियो यस्तो !



तेहरान । इजरायल र इरानबीचको बढ्दो तनावबीच इजरायलले इरानको सरकारी टेलिभिजन च्यानल इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को कार्यालयमा आक्रमण गरेको छ।

सोमबार राति इजरायली सेनाले राजधानी तेहरानस्थित आईआरआईबीको मुख्य कार्यालयमा आक्रमण गर्दा त्यसबेला प्रत्यक्ष प्रसारण भइरहेका दृश्यहरूमा हमला देखिएको थियो। कार्यक्रममा प्रस्तोता अकस्मात् उठेर स्टुडियो छाड्दै बाहिरिने दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ।

यद्यपि, केही मिनेटमै आईआरआईबीले सेवा पुनः सुचारु गर्दै पुनः प्रत्यक्ष प्रसारणमार्फत जनतालाई जानकारी गराएको थियो।

आईआरआईबीका एक वरिष्ठ अधिकारीले प्रत्यक्ष प्रसारणमै वक्तव्य दिँदै भने, “इरानी राष्ट्रको आवाजलाई सैन्य आक्रमणबाट दबाउन सकिन्छ भन्ने सोच इजरायलको भ्रम मात्र हो। क्रान्तिको आवाज झन बुलन्द हुँदै जानेछ।”

यसअघि इजरायली रक्षामन्त्री योआव गालान्टले इरानी सरकारी टेलिभिजन तथा रेडियोलाई ‘प्रोपोगान्डाको मेगाफोन’ भन्दै यसलाई लक्ष्य गरेर कारबाही गरिने चेतावनी दिएका थिए। उनले विज्ञप्तिमार्फत भनेका थिए, “इरानी प्रोपोगान्डाको अन्त्य अब नजिकिँदैछ।”

त्यसैदिन, इजरायली सेनाले राजधानी तेहरानको उत्तरी क्षेत्रमा पर्ने ‘डिस्ट्रिक्ट थ्री’ का बासिन्दालाई तत्काल सुरक्षाका लागि सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।

इजरायल र इरानबीचको यो घटनाले क्षेत्रीय तनावलाई झन जटिल बनाउने संकेत देखिएको छ। अन्तर्राष्ट्रिय समुदायले यसप्रति चासो व्यक्त गर्दै संयम अपनाउन आह्वान गरिरहेका छन्।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ७ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको