२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

रोचक बन्दै नेपाल र नेदरल्यान्ड्सबीचको भिडन्त, खेल तेस्रो सुपर ओभरमा


२ असार २०८२, सोमबार  

96
Shares

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल र नेदरल्यान्ड्सबीचको प्रतिस्पर्धा अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमै अनौठो मोडमा पुगेको छ।

लगातार दुई सुपर ओभर पनि बराबरीमा सकिएपछि खेल अब तेस्रो सुपर ओभरमा प्रवेश गरेको छ। यसअघि निर्धारित २० ओभरमा दुवै टोलीले समान १५२ रन बनाएका थिए। त्यसपछि पहिलो सुपर ओभरमा दुवैले १९–१९ रन बनाए र दोस्रो सुपर ओभर पनि बराबरीमा टुंगियो। अब निर्णायक रूपमा तेस्रो सुपर ओभर मार्फत खेलको टुंगो लगाइँदैछ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) अन्तर्गतका टी–२० खेलमा तीनपटकसम्म सुपर ओभर भएको यो पहिलो घटना हो। यस्तो रोमाञ्चक खेलले विश्व क्रिकेटमा नयाँ कीर्तिमान स्थापित गरेको छ भने नेपाली क्रिकेटका लागि ऐतिहासिक क्षण बनेको छ।

दर्शक र समर्थकहरू अहिले नेपाललाई ऐतिहासिक जितको प्रतीक्षामा छन्।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ११ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ