३० चैत्र २०८२, सोमबार । April 13, 2026

कलंकीमा स्कुल परिसरमै भ्यान दुर्घटना, एक बालिकाको मृत्यु, ७ घाइते


२ असार २०८२, सोमबार  

69
Shares

काठमाडौं । कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलको परिसरमै सोमबार एक दर्दनाक दुर्घटना भएको छ।

स्कुलकै भ्यान अनियन्त्रित भई गेटको पिलरमा ठोक्किएपछि भएको उक्त दुर्घटनामा एक बालिकाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराका अनुसार दुर्घटनामा परी ९ वर्षीया सोनाक्षी यादवको मृत्यु भएको हो। उनलाई तत्कालै उपचारका लागि शहिद मेमोरियल अस्पताल लगिएको थियो तर दुर्भाग्यवश उपचारकै क्रममा उनको ज्यान गएको हो।

घटना स्कुल छुट्टीपछि विद्यार्थीहरुलाई भ्यानमा राखी बाहिर लाने क्रममा भएको हो। स्कुलको गेटबाट निस्कन खोज्दा भ्यान गेटको पिलरमा ठोक्किएर दुर्घटनामा परेको थियो। दुर्घटनामा परी अन्य घाइते हुनेहरुमा ८ वर्षीया रेश्मा मोक्तान, ९ वर्षीया नेशिया थापा, ९ वर्षीया निकिशा डंगोल, ११ वर्षीया सिमरन खड्का र ९ वर्षीया प्रेमिसा घर्तीमगर छन्। ती सबै घाइते बालबालिकाको उपचार नेपाल नेसनल अस्पतालमा भइरहेको छ।

त्यसैगरी, स्कुलका प्राचार्य ४६ वर्षीय सुरज पोख्रेल र भ्यान चालक ६० वर्षीय हर्कबहादुर कार्कीसमेत दुर्घटनामा घाइते भएका छन्। उनीहरुको बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्कुल परिसरभित्रै यस्तो दुर्घटना हुनु भनेको विद्यालयको सुरक्षाको सवालमा गम्भीर प्रश्न उठाउने विषय बनेको छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ४ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व