७ चैत्र २०८२, शनिबार । March 22, 2026

‘लिटिल मिस एन्जल’ र ‘लिटिल मास्टर नेपाल २०२५’ को छैठौं संस्करणको ग्राण्ड फिनाले सम्पन्न


२ असार २०८२, सोमबार  

18
Shares

काठमाडौं । कलाश इभेन्ट्सद्वारा आयोजित ‘लिटिल मिस एन्जल नेपाल’ र ‘लिटिल मास्टर नेपाल २०२५’ प्रतियोगिताको छैटौं संस्करण शनिबार काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा सम्पन्न भयो।

देशभरिबाट आएका २५ जना बालप्रतिभाहरूले प्रतियोगितामा भाग लिँदै आफ्नो सिर्जनात्मकता, आत्मविश्वास र प्रतिभाको शानदार प्रदर्शन गरे। कार्यक्रम अन्तर्गत बृहत् ग्रूमिङ सेसन, विभिन्न प्रतिभा प्रस्तुतिहरू र अन्तरक्रियात्मक सत्रहरू आयोजना गरिएको थियो। प्रतियोगितामा मायरा थापा ‘लिटिल मिस एन्जल नेपाल २०२५’ तथा कृष्ण गुरुङ ‘लिटिल मास्टर नेपाल २०२५’ को शीर्ष उपाधिका विजेता घोषित भए।

त्यस्तै, पहिलो उपविजेता महिमा आचार्य र निश्चल पौडेल तथा दोस्रो उपविजेता प्रिन्शा अर्याल र सुप्रिम पन्त बने। कार्यक्रममा निर्णायक मण्डलको रूपमा एड्भेन्ट मिडियाका निर्देशक बिबेक श्रेष्ठ, मोटिभेशनल स्पिकर प्रकाश केसी, फेसन डिजाइनर डिना गुरुङ, गायिका एञ्जेला श्रेष्ठ र रजिना रिमाल उपस्थित थिए।

‘बाध्य सम्राट’ न्हुच्छे बहादुर डंगोल प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको कार्यक्रममा समाजसेवी सुरबहादुर श्रेष्ठ ले अध्यक्षता गर्नुभयो। विशेष विधामा विभिन्न प्रतिभाशाली बालबालिकाहरूलाई सम्मान गरियो। सुबिदा गिरी र हर्षिद ओझा लाई ‘सर्वोत्कृष्ट शैक्षिक’ पुरस्कार प्रदान गरियो भने ‘सर्वोत्कृष्ट तस्वीर’, ‘मल्टिमिडिया’, ‘व्यक्तित्व’, ‘अनुशासन’, ‘नेतृत्व’, ‘बौद्धिक प्रतिभा’ लगायत विभिन्न विधामा समेत पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रमका प्रबन्ध निर्देशक वर्षा महर्जन र अध्यक्ष संजय महर्जनले सहभागी, अभिभावक, निर्णायक र सम्पूर्ण सहयोगीलाई धन्यवाद दिँदै सबैको सहयोगले कार्यक्रम सफल भएको बताएका छन्।

कलश इभेन्ट्सले आयोजना गरेको यो कार्यक्रमले बालबालिकालाई आत्मविश्वासी, सिर्जनशील तथा नेतृत्वशील बनाउन प्रेरित गर्ने उद्देश्यसहित सञ्चालन गरिएको अध्यक्ष संजय महर्जनले जानकारी गराए।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ९ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो