४ असार २०८३, बिहिबार । June 18, 2026

फिफा क्लब विश्वकप: एट्लेटिकोमाथि पीएसजीको शानदार जित


२ असार २०८२, सोमबार  

33
Shares

काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह ‘बी’ को रोमाञ्चक भिडन्तमा फ्रेन्च जायन्ट पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई ४–० गोलअन्तरले हराउँदै सशक्त प्रदर्शन गरेको छ।

राति सम्पन्न खेलमा पीएसजीले सुरु देखिनै खेलमा दबदबा कायम राख्यो। पहिलो हाफको १९औं मिनेटमा फाबियान रूइजले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा भिटिन्हाले गोल थपेपछि पीएसजीले २–० को अग्रता लियो। दोस्रो हाफमा एट्लेटिको मड्रिड थप दबाबमा देखियो।

७८औं मिनेटमा डिफेन्डर क्लेमेन्ट लेन्ग्लेटले दोस्रो पहेंलो कार्ड खाँदै रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा सीमित भयो। संख्यात्मक लाभको भरपुर उपयोग गर्दै पीएसजीले खेलको ८७औं मिनेटमा सेनी मायुलुमार्फत तेस्रो गोल थप्यो। अन्तिम समयमा ली काङ-इनले पेनाल्टीमा गोल गर्दै ४–० को फराकिलो जित सुनिश्चित गरे।

खेलभरि बलमा पकड जमाउँदै पीएसजीले १६ प्रयासमध्ये ११ शट फ्रेममा पठायो, भने एट्लेटिको मड्रिडले एक मात्र शट फ्रेममा पठाएको थियो। रातिको अर्को खेलमा ब्राजिलियन क्लब पालमेइरास र पोर्चुगिज क्लब पोर्टोबीचको प्रतिस्पर्धा भने गोलरहित बराबरीमा टुंगिएको छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ७ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा