१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

इरानको आणविक केन्द्रमा इजरायलको आक्रमण, उच्चपदस्थ सैन्य अधिकारी र वैज्ञानिकको मृत्यु


३० जेष्ठ २०८२, शुक्रबार  

21
Shares

तेहरान । इजरायलले इरानका प्रमुख आणविक केन्द्रहरू र ठूला शहरहरूमा लक्षित हवाई आक्रमण गरेको दाबी गरेको छ।

इजरायली रक्षा मन्त्री एरिक काजका अनुसार, देशमा आपतकालीन अवस्था घोषणा गर्दै इजरायली एयर फोर्सले तेहरानसहित विभिन्न स्थानमा व्यापक आक्रमण प्रारम्भ गरेको जानकारी दिएका हुन । आक्रमण अन्तर्गत ‘अपरेशन राइजिङ लायन’ नाम दिइएको यो सैन्य कारबाहीको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको रक्षा मन्त्री काजले बताएका छन्।

आक्रमणमा इरानको शक्तिशाली सैन्य इकाई रिभोल्युसनरी गार्ड कोरका प्रमुख हुसेन सालामीसहित, केही वरिष्ठ सैन्य कमाण्डर र दुईजना प्रमुख आणविक वैज्ञानिकहरू — मोहम्मद महदी तेहरानची र फेरेयोदुन अब्बासी — मारिएको बताइएको छ। यस घटनालाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले “निर्णायक क्षण” को संज्ञा दिएका छन्।

अर्कोतर्फ, अमेरिकी विदेश मन्त्री मार्क रुबियोले आक्रमणमा अमेरिका प्रत्यक्ष संलग्न नरहेको स्पष्ट पारेका छन्, बीबीसीको हवाला दिँदै समाचारमा जनाइएको छ। क्षेत्रीय तनावको नयाँ चरण प्रारम्भ गराउने यो कारबाहीले अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट गरिरहेको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ९ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था