७ चैत्र २०८२, शनिबार । March 22, 2026

शुक्रबारको मौसमः कहाँ-कहाँ छ बर्षाको सम्भावना ?


३१ जेष्ठ २०८२, शुक्रबार  

264
Shares

काठमाडौं । हाल देशको पश्चिमी तथा मध्य भू-भागमा पश्चिमी वायु र स्थानीय वायु सक्रिय छन् भने कोशी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायुको प्रभाव देखिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिक बदली देखिनेछ। अन्य क्षेत्रहरूमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ।

दिउँसो कोशी र लुम्बिनी प्रदेशसँगै देशका पहाडी भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। त्यस्तै, कोशी प्रदेश र आसपासका पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, देशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको संकेत छ।

रातिको समयभरि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र उच्च भू-भागमा हिमपातको सम्भावना कायम रहनेछ।

महाशाखाले सम्भावित मौसम अवस्थाका कारण दैनिक जनजीवन, कृषि कार्य, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार  ७ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो