१० श्रावण २०८३, आइतबार । July 27, 2026

अहमदाबाद विमान दुर्घटनाः पूर्वमुख्यमन्त्री सहित २४२ यात्रुको मृत्यु


२९ जेष्ठ २०८२, बिहिबार  

27
Shares

काठमाडौं । भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान दुर्घटनामा परी गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित सबै यात्रु र चालकदलका सदस्यको ज्यान गएको छ।

बिहीबार दिउँसो लन्डनको ग्याटविक विमानस्थलका लागि प्रस्थान गरेको एयर इन्डियाको फ्लाइट एआइ १७१ मा २४२ यात्रु र १० जना चालक दलका सदस्य सवार थिए। विमान उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको हो। भारतीय समयअनुसार दिउँसो १:३८ बजे टेक अफ गरेको बोइङ ७८७–८ विमान १:४० मा अहमदाबाद नजिकैको चिकित्सक आवासीय क्षेत्रमा खस्दा ठूलो जनधनको क्षति भएको छ।

प्रहरीका अनुसार, दुर्घटनास्थलमा रहेका भवनमा रहेका मानिसहरु गम्भीर घाइते भएका छन् भने १०० भन्दा बढी शवहरू स्थानीय अस्पतालमा पोस्टमार्टमका लागि राखिएको जनाइएको छ। अहमदाबादका प्रहरी कमिश्नर जीएस मलिकका अनुसार कोही पनि जिवित भेटिने सम्भावना नरहेको छ। घटनास्थलबाट सार्वजनिक भएका तस्वीर र भिडियोहरूमा विमानका टुक्रा आवासीय भवन वरिपरि छरिएको देखिन्छ। विमानको पुच्छर भाग एक भवनको छतमा अड्किएको अवस्थामा फेला परेको छ।

एयर इन्डियाका अनुसार विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज, १ क्यानाडेली नागरिकसहित ११ बालबालिका थिए। दुर्घटनापछि दिल्लीस्थित नेपाली दूतावासले नेपाली नागरिकको सम्भावित उपस्थिति बारे जानकारी माग्दा विमानमा कुनै नेपाली नरहेको पुष्टि भएको छ। एयर इन्डियाका अध्यक्ष नटराजन चन्द्रशेखरनले यसलाई ‘विपत्तिपूर्ण दुर्घटना’ भन्दै गहिरो दुःख व्यक्त गरेका छन्। बेलायतका राजा चार्ल्सले पनि एक विज्ञप्ति जारी गर्दै बेलायती नागरिकहरूको मृत्यु भएकोमा गहिरो समवेदना प्रकट गरेका छन्।

दुर्घटनाको कारण बारे विस्तृत अनुसन्धान सुरु गरिएको बताइएको छ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ९ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर