२ कार्तिक २०८३, सोमबार । October 20, 2026

मनसुनी प्रणाली सक्रियः देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना


२९ जेष्ठ २०८२, बिहिबार  

93
Shares

काठमाडौं । देशभर मनसुनी हावा सक्रिय भइरहेकाले विभिन्न क्षेत्रहरूमा वर्षा सुरु भएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणालीको प्रभावका कारण देशका थुप्रै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको जानकारी दिएको छ। महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार बंगालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकाले वर्षा गराउने प्रणाली सक्रिय बनेको हो। उनका अनुसार पश्चिमी वायु र स्थानीय वायुले पनि देशको पश्चिम र मध्य भागमा थप प्रभाव पारेको छ।

हाल कोशी प्रदेशको इलाम, बागमती प्रदेशको काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं र चितवन, लुम्बिनी प्रदेशको प्युठान र रोल्पा तथा कर्णाली प्रदेशको सुर्खेत आसपासमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। इलाम र बर्दिया आसपास भने भारी वर्षा भइरहेको महाशाखाको भनाइ छ।

शनिबारसम्म काठमाडौं उपत्यकासहित धेरै ठाउँमा वर्षा जारी रहने सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा वा हिमपात पनि हुनसक्ने उल्लेख गरिएको छ।

महाशाखाले वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भन्दै आवश्यक सतर्कता र तयारी गर्न नागरिकलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ४ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि