७ चैत्र २०८२, शनिबार । March 22, 2026

मनसुनी प्रणाली सक्रियः देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना


३० जेष्ठ २०८२, बिहिबार  

93
Shares

काठमाडौं । देशभर मनसुनी हावा सक्रिय भइरहेकाले विभिन्न क्षेत्रहरूमा वर्षा सुरु भएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणालीको प्रभावका कारण देशका थुप्रै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको जानकारी दिएको छ। महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार बंगालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकाले वर्षा गराउने प्रणाली सक्रिय बनेको हो। उनका अनुसार पश्चिमी वायु र स्थानीय वायुले पनि देशको पश्चिम र मध्य भागमा थप प्रभाव पारेको छ।

हाल कोशी प्रदेशको इलाम, बागमती प्रदेशको काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं र चितवन, लुम्बिनी प्रदेशको प्युठान र रोल्पा तथा कर्णाली प्रदेशको सुर्खेत आसपासमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। इलाम र बर्दिया आसपास भने भारी वर्षा भइरहेको महाशाखाको भनाइ छ।

शनिबारसम्म काठमाडौं उपत्यकासहित धेरै ठाउँमा वर्षा जारी रहने सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा वा हिमपात पनि हुनसक्ने उल्लेख गरिएको छ।

महाशाखाले वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भन्दै आवश्यक सतर्कता र तयारी गर्न नागरिकलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, बिहिबार  ४ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो