२९ पुस २०८२, मंगलबार । January 13, 2026

एयर इण्डियाको विमान दुर्घटना: कुनै पनि नेपाली नागरिक सवार नरहेको पुष्टि



काठमाडौं । लण्डनतर्फ उडान भरिरहेको एयर इण्डियाको विमान दुर्घटनामा परेको छ, तर त्यसमा कुनै पनि नेपाली नागरिक नदेखिएको पुष्टि भएको छ।

२ सय ४२ जना यात्रु सवार उक्त विमानमा नेपाली नागरिक हुन सक्ने आशंकामा दिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीहरूसँग समन्वय गरेको थियो। दूतावासका कन्सुलर सञ्जीव शर्माले भारतीय पक्षले पठाएको यात्रु विवरणको अध्ययनपछि कुनै पनि नेपाली नागरिक सवार नभएको पुष्टि भएको जानकारी दिए।

शर्माका अनुसार विमानमा रहेका यात्रुहरू मुख्यतः भारतीय, बेलायती, क्यानाडियन र पोर्चुगिज नागरिक थिए। एयर इण्डियाको बोइङ ७८७-८ ड्रीमलाइनर विमान अहमदाबाद विमानस्थलबाट उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको हो। दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन।

दुर्घटनामा मानवीय क्षति वा अन्य विस्तृत विवरणहरू सार्वजनिक भइसकेका छैनन्। एयर इण्डियाले घटना सम्बन्धमा अनुसन्धान अघि बढाएको जनाइएको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, बिहिबार  ४ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले