१० श्रावण २०८३, आइतबार । July 26, 2026

अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त


२९ जेष्ठ २०८२, बिहिबार  

150
Shares

एजेन्सी । एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान आज अहमदाबादमा दुर्घटनामा परेको छ।

लन्डनको गेटविकतर्फ उडान गर्न लागेको उडान नम्बर एआई१७१ टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। विमानमा चालक दलसहित कुल २४२ जना यात्रु सवार थिए। दुर्घटना अहमदाबाद विमानस्थल नजिकै रहेको एयर कस्टम कार्गो कार्यालय आसपासमा भएको हो।

एयर इन्डियाले आफ्नो एक्स (पूर्व ट्विटर) अकाउन्टमार्फत दुर्घटनाको पुष्टि गर्दै घटनाबारे थप विवरण सङ्कलन भइरहेको जानकारी दिएको छ। दुर्घटनापछि घटनास्थलमा बाक्लो धुवाँ फैलिएको दृश्य देखिएको थियो। तुरुन्तै प्रहरी, ७ वटा दमकल, एम्बुलेन्स र राष्ट्रिय विपद् प्रतिकार बल (NDRF) का २ टोली उद्धारमा खटिएका छन्।

घटनाबारे भारतका गृहमन्त्री अमित शाहले गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र प्रहरी आयुक्तसँग सम्पर्क गरी आवश्यक समन्वयको निर्देशन दिएका छन्। केन्द्र सरकारद्वारा घटनाको गम्भीरता हेरेर तत्कालीन राहत र उद्धारका लागि सबै सम्भव सहयोग उपलब्ध गराउने आश्वासन दिइएको छ।

न्यूज २४ अनलाइनका अनुसार उक्त विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी समेत सवार थिए भन्ने खबर आएको छ। यद्यपि, उनको अवस्थाबारे आधिकारिक पुष्टि भइसकेको छैन।

सरकारी तथा उद्धार निकायले घटनाको विस्तृत विवरण र यात्रुहरूको अवस्थाबारे जानकारी सार्वजनिक गर्ने तयारी गरिरहेका छन्।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ३ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर