२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

आजको मौसमः यी चार प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना



काठमाडौं । हाल देशका पश्चिमी र मध्य भेगहरूमा पश्चिमी वायु तथा स्थानीय वायुले प्रभाव जमाइरहेका छन् भने कोशी प्रदेशका अधिकांश क्षेत्रमा भने मनसुनी वायुको सक्रियता देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो बुलेटिनअनुसार यिनै प्रणालीहरूको प्रभावले देशका विभिन्न भागमा बदली र वर्षा भइरहेका छन्। कोशी, मधेस, बागमती प्रदेश लगायत पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ भने बाँकी भागमा मौसम मुख्यतया सफा वा आंशिक बदली रहेको उल्लेख गरिएको छ। केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र अन्य भागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षा पनि हुनसक्ने अनुमान गरिएको छ। उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ।

आज राति पनि मौसममा त्यस्तै अवस्था रहनेछ। विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

भारी वर्षाको सम्भावनाका कारण दैनिक जनजीवन, कृषि कार्य, स्वास्थ्य सेवा, सडक यातायात र हवाई उडानमा असर पर्न सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। वर्षा र चट्याङको सम्भावना रहेकाले खुला स्थानमा नबस्न, सुरक्षा सतर्कता अपनाउन तथा मौसमसम्बन्धी जानकारी नियमित रूपमा प्राप्त गर्न महाशाखाले सबैलाई सचेत रहन आग्रह गरेको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, बिहिबार  ६ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको