२९ पुस २०८२, मंगलबार । January 13, 2026

दक्षिण अफ्रिकामा भिषण बाढी, स्कुल बस बग्यो, ४९ जनाको मृत्यु



काठमाडौं । दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रस्थित केप प्रान्तमा हालैको मुसलधारे वर्षा र बाढीका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ।

स्थानीय अधिकारीहरूका अनुसार अविरल वर्षापछि आएको बाढीले जनजीवन प्रभावित बनाएको छ। केप प्रान्तका केही उच्च भू–भागमा भारी हिमपात पनि भएको जनाइएको छ, जसले राहत तथा उद्धार कार्यमा थप कठिनाइ पैदा गरिरहेको छ।

मंगलबार बिहान बाढीको छालले एक स्कूल बस बगाएको घटनाले थप चिन्ता उत्पन्न गराएको छ। ती बसमा धेरै बालबालिका सवार थिए। न्युजरुम अफ्रिकासँग कुरा गर्दै एक अधिकारीले बसका चालकसहित आठ जनाको शव फेला परेको जानकारी दिएका छन्। त्यही दिन अन्य तीन विद्यार्थीको उद्धार गरिएको बताइएको छ।

यद्यपि बसमा कति विद्यार्थी सवार थिए भन्ने अझै स्पष्ट हुन सकेको छैन। हराइरहेका अन्य यात्रुको खोजी कार्य जारी रहेको बीबीसीले जनाएको छ। वर्षा र बाढीका कारण सयौं स्थानीय बासिन्दा विस्थापित भएका छन्। उनीहरूलाई अस्थायी आश्रयस्थलमा राखिएको छ। राहत तथा उद्धारका कामहरू तीव्र पारिएको बताइएको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, बिहिबार  ५ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले