३ आश्विन २०८३, शनिबार । September 19, 2026

आप्रवासी विद्रोहः लस एन्जलसमा रात्रिकालीन कर्फ्यु लागू


२८ जेष्ठ २०८२, बुधबार  

12
Shares

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जलस शहरमा रात्रिकालीन कर्फ्यु घोषणा गरिएको छ।

अवैध आप्रवासीहरूमाथि गरिएको छापा बिरुद्धको विरोध प्रदर्शन हिंसात्मक बन्दा मेयर करेन बासले शहरका केही भागमा कर्फ्यु लागू गर्नुभएको बीबीसीले जनाएको छ। स्थानीय समयअनुसार राति ८ बजेदेखि बिहान ६ बजेसम्म लागू हुने कर्फ्युको अवज्ञा गर्नेहरूलाई पक्राउ गरिने चेतावनी दिइएको छ।

लस एन्जलस प्रहरी प्रमुख जिम म्याकडोनेलका अनुसार नागरिकको जीवन रक्षा र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि कर्फ्यु आवश्यक भएको हो। प्रदर्शनका क्रममा हालसम्म झन्डै दुई सय जना पक्राउ परिसकेको प्रहरीले जनाएको छ। यहीबीच, टेलिभिजन सम्बोधनमार्फत क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कडा आलोचना गर्नुभएको छ। उहाँले राष्ट्रपतिको भड्काउने अभिव्यक्ति र शक्ति दुरुपयोगले स्थिति बिग्रिएको बताउनुभयो।

यसअघि राष्ट्रपति ट्रम्पले प्रदर्शनलाई सार्वजनिक सुरक्षामाथिको हमला भन्दै थप सैनिक परिचालनको चेतावनी दिएका थिए। लस एन्जलसबाट सुरू भएको प्रदर्शन अहिले अमेरिकाका अन्य प्रमुख शहरहरूमा समेत फैलिएको छ। न्युयोर्कमा समेत दर्जनौँ प्रदर्शनकारी पक्राउ परेका समाचार आएका छन्।

यस घटनाले अमेरिकामा पुनः जातीय, सामाजिक र प्रशासनिक व्यवस्थामाथि गम्भीर बहसको वातावरण सिर्जना गरेको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  १२ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ