७ कार्तिक २०८३, शनिबार । October 24, 2026

साउदीमाथि जित निकाल्दै अस्ट्रेलिया छैटौं पटक फिफा विश्वकपमा छनोट


२८ जेष्ठ २०८२, बुधबार  

276
Shares

काठमाडौं । अस्ट्रेलियाले फिफा विश्वकप २०२६ का लागि आफ्नो स्थान पक्का गरेको छ।

बुधबार सम्पन्न एसियाली छनोट तेस्रो चरणअन्तर्गत साउदी अरेबियामाथि २–१ को पुनरागमन जित दर्ता गर्दै अस्ट्रेलियाले लगातार छैटौं पटक विश्वकपमा स्थान सुरक्षित गरेको हो। खेलको सुरुआतमा साउदी अरेबियाले १९औं मिनेटमा अब्दुल रहमान अलबदको गोलमार्फत अग्रता लिएको थियो। तर अस्ट्रेलियाले त्यसपछि उत्कृष्ट प्रतिक्रिया दिँदै खेललाई आफ्नो पक्षमा फर्कायो।

कोनर मेटक्याल्फले ४२औं मिनेटमा बराबरी गोल गरे भने मिचेल डुकले दोस्रो हाफको सुरुमै ४८औं मिनेटमा निर्णायक गोल गर्दै जित सुनिश्चित गरे। यसअघि समूह सी बाट जापानले विश्वकपका लागि छनोट भइसकेको थियो। अब अस्ट्रेलियाले पनि स्थान सुरक्षित गरेसँगै साउदी अरेबियाको यात्रा भने अहिल्यै सकिएको छैन।

उनीहरूले एसियाली छनोटको चौथो चरणमा प्रतिस्पर्धा गर्दै बाँकी दुई स्थानका लागि सम्भावना कायम राख्नुपर्नेछ। एसियाली छनोटको संरचना अनुसार तेस्रो चरणमा रहेका तीन समूहका शीर्ष दुई टोलीले सिधै विश्वकप २०२६ मा स्थान पाउँछन्। चौथो चरणबाट दुई टोली थप छनोट हुनेछन् भने पाँचौं चरणको विजेता टोलीले अन्तरमहादेशीय प्लेअफमार्फत अन्तिम अवसर पाउनेछ।

जापान र अस्ट्रेलियासँगै एसियाबाट जोर्डन, उज्बेकिस्तान, इरान र दक्षिण कोरिया पनि विश्वकप २०२६ मा छनोट भइसकेका छन्। अब बाँकी स्थानहरूका लागि अन्तिम लडाइँ चर्किदै गएको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  ९ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि