२८ पुस २०८२, सोमबार । January 13, 2026

आजको मौसमः देशभर बदली, केही स्थानमा वर्षा र हिमपात



काठमाडौँ । हाल देशका पश्चिम र मध्य क्षेत्रहरूमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव जमाएको छ भने कोशी प्रदेशका अधिकांश भागहरूमा मनसुनी प्रणालीको असर देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। साथै, देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली भेगका एक–दुई ठाउँमा हल्का वर्षासँगै हिमपात पनि हुन सक्ने प्रक्षेपण गरिएको छ।

त्यसैगरी, आज रातिसमेत आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना यथावत् छ भने उच्च भू–भागहरूमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहेको विभागले जनाएको छ।

सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बुधबार  ७ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले