१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

अमेरिकामा उग्र बन्दै आप्रवासी विवादः प्रदर्शन रोक्न सेना तैनाथ


२७ जेष्ठ २०८२, मंगलबार  

12
Shares

काठमाडौं । अमेरिकाको लस एन्जलस (एलए) अहिले चर्को राजनीतिक र सामाजिक तनावको घेरामा परेको छ।

प्रवासीमाथिको धरपकडविरुद्ध चर्किएको प्रदर्शन रोक्न स्थानीय प्रशासनले अब समुद्री सेना (Navy) नै सडकमा उतारेको छ। धारणा र अधिकारको यो द्वन्द्वले राज्य र संघीय सरकारलाई आमनेसामने ल्याएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सेना परिचालन भएपछि क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसम कडा रूपमा प्रस्तुत भएका छन्। उनले ट्रम्पविरुद्ध अधिकार क्षेत्र मिचिएको आरोप लगाउँदै मुद्दा दायर गरेका छन्।

सङ्घीय बनाम राज्य अधिकारको पुरानो बहस फेरि चर्किएको छ। यसबीच, मजदुर नेता डेभिड हेराल्डको गिरफ्तारी आन्दोलनको केन्द्रबिन्दु बनेको छ। उनलाई अदालतमा पेश गर्न लागिएको बेला उनका समर्थकहरू रिहाइको माग गर्दै सडकमा उत्रिएका छन्। अदालत आसपासको पार्कमा आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन्।

गभर्नर न्युसमले सुरक्षाकर्मीहरूलाई आफ्नै नागरिकमाथि बल प्रयोग नगर्न आग्रह गरेका छन्। “आफ्ना नागरिकमाथि हात नउठाए नायक बन्न सक्नुहुन्छ,” उनले सेनालाई अपिल गरेका छन्।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ९ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था