२२ माघ २०८२, बुधबार । February 4, 2026

देशभर बदली र वर्षाको सम्भावना : जनजीवन प्रभावित हुन सक्ने, सतर्क रहन आग्रह



काठमाडौं । अहिले देशको पश्चिमी र मध्य भू–भागमा पश्चिमी र स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायु सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भू–भागमा मौसम मुख्यतः सफा देखिनेछ। कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, उच्च पहाडी र हिमाली भू–भागमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।

रातिको समय पनि उस्तै रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भागमा आंशिक बदली रहनेछ। यी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना यथावत् रहेको छ। साथै, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा पनि हल्का वर्षा र हिमपात हुन सक्नेछ।

मौसमको यो परिवर्तनले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पुर्‍याउने सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, मंगलबार  ९ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल