२९ पुस २०८२, मंगलबार । January 13, 2026

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान



काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सोमबारदेखि सुरु भएको यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगितामा राष्ट्रिय नीजि तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई विशेष सम्मान गरिएको छ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित उद्घाटन कार्यक्रममा एनप्याब्सनले विद्यालय स्तरको खेलकुद प्रवर्धनमा पुर्‍याएको महत्वपूर्ण योगदानस्वरूप प्रशंसा पत्र प्रदान गरिएको हो। उक्त सम्मान संस्था अध्यक्ष तथा संस्थापक गीता क्षेत्री राणाले ग्रहण गरेकी थिइन्। कार्यक्रममा राखेपका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ऐतिहासिक कांस्य पदक विजेता कराते खेलाडी एरिका गुरुङलाई ओलम्पिक टर्च हस्तान्तरण गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए।

टर्च दौडमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा सातै प्रदेशका ४७६ खेलाडी सहभागी छन्।

एथलेटिक्स, रग्बी, टेबलटेनिस, बास्केटबल, ब्याडमिन्टन र क्रिकेट गरी ६ खेल समावेश गरिएका छन्। २५ स्वर्ण, २५ रजत र ३३ कांस्य पदकका लागि खेलाडीहरूबिच प्रतिस्पर्धा भइरहेको छ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, सोमबार  २ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले