२९ पुस २०८२, मंगलबार । January 13, 2026

आशाको देशबाट आँसुका धारा बगाउँदै फर्किए ३७ नेपाली



काठमाडौं । अमेरिका सरकारले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा ३७ जना नेपालीलाई डिपोर्ट गरी आइतबार राति चार्टर्ड विमानमार्फत काठमाडौं पठाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत ती नेपालीहरु स्वदेश फर्किएका हुन्। उक्त समूहमा ३२ जना पुरुष र ५ जना महिला रहेका छन्। उनीहरु भिसा अवधि सकिएपछि पनि अमेरिकामा बसोबास गरिरहेकाले वा कानुनी प्रक्रिया पूरा नगरेको आरोपमा नियन्त्रणमा लिइएका थिए।

सत्तामा आएदेखि आप्रवासी नीति कडा बनाउँदै आएको अमेरिकी प्रशासनले विशेष गरी गैरकानुनी आप्रवासीहरूमाथि निगरानी बढाएको छ। भिसा उल्लंघन, आपराधिक गतिविधिमा संलग्नता वा अन्य कानुनी त्रुटिका आधारमा अमेरिका यस्ता व्यक्तिहरूलाई स्वदेश फर्काइरहेको छ।

यसपटकको डिपोर्ट कार्य अमेरिकी अध्यागमन नीतिको पछिल्लो कडाइको संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, सोमबार  ११ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले