काठमाडौं । सुनसरीको इटहरीमा भएको विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीहरूको खोजी कार्य तीव्र पारिएको छ।
सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा खटिएको ३५ सदस्यीय विशेष टोलीले खोजी कार्य जारी राखेको छ। टोलीले झापाका सशस्त्र प्रहरी जवान हरेदेव राजवंशीको शव केही समयअघि सप्तकोशीको किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए। हाल डोटीका अर्का बेपत्ता प्रहरी जवान सुरज साउदको खोजी कार्य अविरल रूपमा जारी रहेको छ।
सुरक्षाकर्मीको सक्रियता र प्रयासका बाबजुद पनि विपद् अभ्यासका क्रममा यस्तो दुःखद घटना भएकोप्रति शोक व्यक्त गरिएको छ। खोजी कार्यमा जुटेका टोलीले शिघ्र सफल परिणाम ल्याउने आशा गरिएको छ।
प्रतिक्रिया