३० चैत्र २०८२, सोमबार । April 13, 2026

सप्तकोशी विपद् अभ्यास: बेपत्ता सुरक्षाकर्मीको शव फेला, अर्का जवानको खोजी जारी


२४ जेष्ठ २०८२, शुक्रबार  

33
Shares

काठमाडौं । सुनसरीको इटहरीमा भएको विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीहरूको खोजी कार्य तीव्र पारिएको छ।

सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा खटिएको ३५ सदस्यीय विशेष टोलीले खोजी कार्य जारी राखेको छ। टोलीले झापाका सशस्त्र प्रहरी जवान हरेदेव राजवंशीको शव केही समयअघि सप्तकोशीको किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए। हाल डोटीका अर्का बेपत्ता प्रहरी जवान सुरज साउदको खोजी कार्य अविरल रूपमा जारी रहेको छ।

सुरक्षाकर्मीको सक्रियता र प्रयासका बाबजुद पनि विपद् अभ्यासका क्रममा यस्तो दुःखद घटना भएकोप्रति शोक व्यक्त गरिएको छ। खोजी कार्यमा जुटेका टोलीले शिघ्र सफल परिणाम ल्याउने आशा गरिएको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शुक्रबार  ११ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व