३० चैत्र २०८२, सोमबार । April 13, 2026

आन्दोलनका कार्यक्रम फिर्तासँगै चल्न थाले सार्वजनिक यातायात


२२ जेष्ठ २०८२, बुधबार  

9
Shares

काठमाडौं । केही दिनदेखि आन्दोलनरत यातायात व्यवसायीहरूले आफ्नो आन्दोलन स्थगन गरेपछि गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा पुनः सञ्चालनमा आएको छ।

मंगलबार साँझ गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावलीलाई एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेपछि व्यवसायीहरू वार्तामा सहमत भएका हुन्। त्यसैको परिणामस्वरूप उनीहरूले तत्काल प्रभावबाट प्रदर्शन फिर्ता लिने घोषणा गरेका छन्।

यातायात व्यवसायी महासंघ र प्रदेश सरकारबीच मंगलबार भएको वार्ता सकारात्मक बनेपछि समस्या समाधानको बाटो खुलेको हो। आन्दोलनका कारण प्रभावित यात्रुहरूका लागि यो राहतको खबर बनेको छ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपमार्फत सञ्चालन हुने सवारी सेवाका लागि नयाँ नियमावली ल्याएपछि व्यवसायीहरू आन्दोलित भएका थिए। उनीहरूले नियमावलीलाई आफूहरूका हकहितविपरीत भन्दै तत्काल खारेजको माग गर्दै आन्दोलन चर्काउँदै आएका थिए।

तर, सरकार र व्यवसायीबीच संवादमार्फत सहमति जुटेपछि हाललाई वातावरण सहज बनेको देखिएको छ। अब आगामी एक महिनाभित्र नियमावलीमा पुनर्विचार वा संशोधन हुने सम्भावना छ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बुधबार  ९ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व