३० चैत्र २०८२, सोमबार । April 13, 2026

झापामा करेन्ट लागेर जङ्गली हात्तीको मृत्यु


२१ जेष्ठ २०८२, मंगलबार  

12
Shares

झापा । झापाको रतुवामाई जङ्गलमा करेन्ट लागेर एक जङ्गली हात्तीको मृत्यु भएको छ।

स्थानीय डिभिजन वन कार्यालयका अनुसार, गएराति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलबाट तार खस्ने क्रममा करेन्ट लागेको हो। डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार घटनास्थलमै हात्तीको मृत्यु भएको हो। “हात्तीको सुँड र एक दाँत जलेको अवस्थामा फेला परेको छ,” उनले जानकारी दिए।

प्राकृतिक जीवन र वन्यजन्तु संरक्षणका हिसाबले चिन्ताजनक मानिएको यो घटनाको अनुसन्धानका लागि डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए।

विद्युत संरचना नजिक वन्यजन्तुहरूको आवतजावत भइरहँदा यस्ता घटनाहरू दोहोरिन सक्ने भन्दै सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, मंगलबार  ९ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व