१ कार्तिक २०८३, आइतबार । October 19, 2026

आईपीएल फाइनलः इतिहास रच्ने रात ! बेंगलुरु र पञ्जाब आमनेसामने


२० जेष्ठ २०८२, मंगलबार  

33
Shares

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को बहुप्रतीक्षित फाइनल खेल मंगलबार हुँदैछ।

नरेन्द्र मोदी स्टेडियम, अहमदाबादमा उपाधिका लागि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र पञ्जाब किङ्स भिड्दै छन्। दुवै टोलीले आईपीएलको शुरुवाती संस्करणदेखि सहभागिता जनाउँदै आएपनि अहिलेसम्म उपाधि जित्न सकेका छैनन्। अब भने इतिहास रच्ने सुनौलो मौका उनीहरूलाई प्राप्त भएको छ।

बेंगलुरु चौथो प्रयासमा सफल होला ?
बेंगलुरुले यसअघि सन् २००९, २०११ र २०१६ मा तीन पटक फाइनल खेलेपनि हरेक पटक पराजय बेहोरेको थियो। विराट कोहलीका लागि यो खेल भावनात्मक छ, किनभने समर्थकहरू उनलाई पहिलो पटक आईपीएल विजेता देख्न लालायित छन्। यस पटक आरसीबीले पहिलो क्वालिफायरमा पञ्जाबलाई हराएर सिधै फाइनल यात्रा तय गर्‍यो। लिग चरणमा दोस्रो स्थानमा रहँदै प्लेअफसम्म पुग्दा बेंगलुरुले आफ्ना कमजोरी सुधारेको देखियो।

पञ्जाबको दोस्रो फाइनल, बदला लिने मौका
पञ्जाब किङ्सले सन् २०१४ मा पहिलो पटक फाइनल खेल्दा कोलकातासँग हार बेहोरेको थियो। यसपटक कप्तान श्रेयस अय्यर र प्रशिक्षक रिकी पोन्टिङको नेतृत्वमा टिमले नयाँ जोशका साथ उपाधिको सपना देखेको छ। दोस्रो क्वालिफायरमा मुम्बईलाई हराउँदै फाइनलमा प्रवेश गरेको पञ्जाबले पहिलो क्वालिफायरमा बेंगलुरुसँगको हारको बदला लिने तयारीमा छ।

हेड टु हेडको अवस्था
आईपीएल इतिहासमा यी दुई टोली ३६ पटक भिडेका छन्, जसमा दुवैले १८/१८ खेल जितेका छन्। पछिल्ला ६ खेलमध्ये ५ खेल बेंगलुरुले जितेको छ भने पञ्जाबले १ जित निकालेको छ। यस सिजन लिग चरणमा एक खेल पञ्जाबले र दुई खेल बेंगलुरुले जितेका छन्।

यसकारण पनि यी दुई टोली बिचको आईपीएल फाइनल खेल निकै रोमाञ्चक हुने देखिएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  ९ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि