४ श्रावण २०८३, सोमबार । July 21, 2026

अक्सफोर्ड कलेजमा बिदाई समारोह सम्पन्न, १२६ विद्यार्थीलाई बिदाई


१९ जेष्ठ २०८२, सोमबार  

39
Shares

बुटवल । लुम्बिनी प्रदेशको अग्रणी तथा राष्ट्रकै उत्कृष्ट शैक्षिक संस्था अक्सफोर्ड कलेजले बि.बि.एस. र बि.एड. चौथो वर्ष अध्ययनरत १२६ जना विद्यार्थीहरूलाई एक भव्य बिदाई कार्यक्रममार्फत सम्मानपूर्वक विदा गरेको छ।

बि.बि.एस. तेस्रो वर्षका विद्यार्थी अविरल नेपालको अध्यक्षतामा आयोजित यस कार्यक्रममा बि.बि.एस. र बि.एड. प्रथम, दोस्रो तथा तेस्रो वर्षका विद्यार्थीहरूको संयुक्त सक्रियताले कार्यक्रमलाई अझ भावनात्मक र प्रेरणादायी बनाएको थियो।

समारोहमा कलेज सञ्चालक समितिका अध्यक्ष डा. अजित खनाल प्रमुख अतिथि थिए भने क्याम्पस प्रमुख मनोज मरासिनी र अक्सफोर्ड मा.वि.का प्राचार्य दिनेश भुसाल विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा सहभागी विद्यार्थीलाई टिका, खादा तथा मायाको चिनो प्रदान गर्दै कलेज परिवारले उज्वल भविष्यको शुभकामना व्यक्त गर्‍यो।

अध्यक्ष डा. खनालले आफ्नो मन्तव्यमा अक्सफोर्डले विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी, व्यवहारिक र अतिरिक्त क्रियाकलापहरूमा समेत दक्ष बनाउने लक्ष्य लिएको बताए। क्याम्पस प्रमुख मरासिनीले अक्सफोर्डको शैक्षिक उत्कृष्टता शिक्षक, विद्यार्थी, प्रशासन तथा सञ्चालकहरूको साझा प्रयासबाट सम्भव भएको स्पष्ट पारे।

त्यस्तै, प्राचार्य दिनेश भुसालले अक्सफोर्डका विद्यार्थीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गरिरहेकोमा गर्व व्यक्त गरे। विभागीय प्रमुख विष्णु बस्यालले उत्कृष्ट नतिजाको निरन्तरतामा विद्यार्थी, शिक्षक र अभिभावकहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे।

कार्यक्रमको सञ्चालन विद्यार्थी अस्मिता बराल र शर्मिला थापाले संयोजनमा प्रस्तुत गरेका थिए, जसले सम्पूर्ण कार्यक्रमलाई अनुशासित, सजीव र आत्मीय बनाएको थियो।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  २ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर