२९ चैत्र २०८२, आइतबार । April 13, 2026

नेसनल प्याब्सनले गर्‍यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति


२० जेष्ठ २०८२, सोमबार  

9
Shares

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले झापा र सुनसरी जिल्लामा तदर्थ समिति गठन गरेको छ।

संगठनको हिजाे सम्पन्न बैठकले दुबै जिल्लामा नयाँ नेतृत्वसहितको समिति गठन गर्ने निर्णय गरेको हो। सुनसरीमा गठन गरिएको तदर्थ समितिको संयोजकमा खगेन्द्र के.सी. चयन भएका छन्। समितिका सदस्यहरूमा विदूर वराल, अभिषेक घिमिरे, सुलोचना शाहा, श्रवण कुमार शाहा, रावेन्द्र शर्मा, मनोज शाह, उमेश मेहता र राम कुमार चौधरी रहेका छन्।

त्यस्तै, झापामा धर्म राज माझी संयोजक रहेको तदर्थ समिति गठन गरिएको छ। समितिमा सुवर्ण भट्टराई, धिरज नारायण गणेश, हरि धिमाल, पूजा कट्टेल, प्रवासी चौधरी, लक्ष्मी ढकाल, खेम दाहाल र विमल राजवंशी सदस्यका रूपमा रहेका छन्।

नेसनल प्याब्सनका अनुसार नवगठित तदर्थ समितिहरूले सम्बन्धित जिल्लामा संगठन सुदृढीकरण, विद्यालयहरूको हित संरक्षण, समस्या समाधान तथा संगठनात्मक गतिविधि सञ्चालनमा सक्रिय भूमिका खेल्नेछन्।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  १२ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व