२९ पुस २०८२, मंगलबार । January 14, 2026

राइड सेयरिङविरुद्धको आन्दोलनः व्यवसायी–सरकारबीच वार्ता समिति गठन गर्ने सहमती



काठमाडौं । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ नियमावली २०८२’ विरुद्ध आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात व्यवसायी र सरकारबीच अन्ततः संवादको वातावरण बनेको छ।

सोमबार गृहमन्त्री रमेश लेखक र आन्दोलनरत व्यवसायी प्रतिनिधिबीच गृह मन्त्रालयमा भएको छलफलपछि समस्याको समाधान खोज्न वार्ता समिति गठन गर्ने सहमति जुटेको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार, सरकार पक्षबाट ७ र व्यवसायी पक्षबाट ४ जनाको सहभागितामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयोजकत्वमा वार्ता टोली बनाइएको छ।

व्यवसायीहरूले राइड सेयरिङ नियमनसम्बन्धी नियमावली खारेजीसहित सातबुँदे माग अघि सारेका छन्। उनीहरूको आरोप छ कि यो नियमावली सवारी ऐन २०४९ र संघीय कानुनसँग बाझिएको छ। स्वाँरले सञ्चारमाध्यमहरूबाट सिण्डिकेटको आरोप लगाइएको भन्दै लगानीकर्ताहरू हतोत्साहित भएको टिप्पणी गरे। उनले दिनभरको वार्ताबाट समाधानको खाका तयार हुने र आन्दोलन फिर्ता गर्न सकारात्मक वातावरण बन्ने विश्वाससमेत व्यक्त गरे।

गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई यात्रु ओसार्ने अनुमति दिने नियम ल्याएपछि सातै प्रदेशमा व्यवसायीहरू विरोधमा उत्रिएका हुन्।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  १२ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले