७ असार २०८२, शनिबार । June 21, 2025

कराते वान प्रिमियर लिगमा एरिकाले जितिन ऐतिहासिक कांस्य पदक



काठमाडौं । नेपालकी कराते खेलाडी एरिका गुरुङले खेलकुद क्षेत्रमा ऐतिहासिक सफलता हात पार्दै कराते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी छन्।

मोरोक्कोको राबातमा सम्पन्न प्रतियोगितामा उनले ६८ केजीमाथिको महिला तौल वर्गमा प्रतिस्पर्धा गर्दै उक्त सफलता हासिल गरेकी हुन्। प्रतियोगिताको कांस्य पदक निर्णायक खेलमा एरिकाले फ्रान्सकी क्लेमेन्स पिएलाई ६–२ को स्पष्ट अन्तरले पराजित गर्दै पदक पक्का गरेकी हुन्। यससँगै उनी यो प्रतिष्ठित लिगमा पदक जित्ने पहिलो नेपाली खेलाडीको रुपमा नाम अंकित गर्न सफल भएकी छन्।

एरिकाले यस अघि टर्की र इटलीका प्रतिष्पर्धीलाई पराजित गर्दै सेमिफाइनल सम्मको यात्रा तय गरेकी थिइन्। फाइनल प्रवेशका लागि उनले स्पेनकी मारिया टोरेस गार्सियासँग ५–५ को बराबरी गरेकी थिइन्, तर ‘सेन्सु’को आधारमा पराजित हुँदै फाइनल प्रवेश गर्न भने असफल रहिन्।

उनको यो ऐतिहासिक सफलता नेपाली कराते खेलको लागि प्रेरणादायक उपलब्धि हो, जसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थिति थप मजबुत बनाउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  १० : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालको ब्याटिङ धराशायी ! स्कटल्याण्डसँग सिरिजको अन्तिम खेल गुमायो

काठमाडौं । टि–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले

नेपाललाई स्कटल्याण्डले दियो १ सय ९४ रनको विशाल लक्ष्य

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा

स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत अन्तिम

सुन तोलामा ८ सयले घट्यो, चाँदी कति पुग्यो ?

काठमाडौं । शुक्रबारको कारोबारमा नेपाली बजारमा सुन र चाँदीको मूल्यमा

एक सय दिन पार गर्दै ‘अञ्जिला’ले राख्यो ऐतिहासिक कीर्तिमान

काठमाडौं । गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली