४ असार २०८३, बिहिबार । June 18, 2026

कराते वान प्रिमियर लिगमा एरिकाले जितिन ऐतिहासिक कांस्य पदक


१९ जेष्ठ २०८२, सोमबार  

21
Shares

काठमाडौं । नेपालकी कराते खेलाडी एरिका गुरुङले खेलकुद क्षेत्रमा ऐतिहासिक सफलता हात पार्दै कराते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी छन्।

मोरोक्कोको राबातमा सम्पन्न प्रतियोगितामा उनले ६८ केजीमाथिको महिला तौल वर्गमा प्रतिस्पर्धा गर्दै उक्त सफलता हासिल गरेकी हुन्। प्रतियोगिताको कांस्य पदक निर्णायक खेलमा एरिकाले फ्रान्सकी क्लेमेन्स पिएलाई ६–२ को स्पष्ट अन्तरले पराजित गर्दै पदक पक्का गरेकी हुन्। यससँगै उनी यो प्रतिष्ठित लिगमा पदक जित्ने पहिलो नेपाली खेलाडीको रुपमा नाम अंकित गर्न सफल भएकी छन्।

एरिकाले यस अघि टर्की र इटलीका प्रतिष्पर्धीलाई पराजित गर्दै सेमिफाइनल सम्मको यात्रा तय गरेकी थिइन्। फाइनल प्रवेशका लागि उनले स्पेनकी मारिया टोरेस गार्सियासँग ५–५ को बराबरी गरेकी थिइन्, तर ‘सेन्सु’को आधारमा पराजित हुँदै फाइनल प्रवेश गर्न भने असफल रहिन्।

उनको यो ऐतिहासिक सफलता नेपाली कराते खेलको लागि प्रेरणादायक उपलब्धि हो, जसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थिति थप मजबुत बनाउने विश्वास गरिएको छ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  १० : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा