२९ पुस २०८२, मंगलबार । January 14, 2026

पठाओको स्पष्ट सन्देशः भाडा वृद्धि गरिएको छैन, अफलाइन राइडदेखि होसियार



काठमाडौं । शभर सार्वजनिक यातायात अवरुद्ध भइरहेका बेला राइड सेयरिङ सेवाहरूले भाडा वृद्धि गरेको चर्चा चलिरहेका छन्।

तर, राइड सेयरिङ कम्पनी पठाओ नेपालले यस्तो दाबीको खण्डन गर्दै आफ्नो मोबाइल एपमार्फत नियमित शुल्कमै सेवा दिइरहेको स्पष्ट पारेको छ। कम्पनीका अनुसार असहज परिस्थितिमा यात्रुहरूलाई सहज सेवा उपलब्ध गराउन आफ्ना राइडरहरूलाई प्रोत्साहनस्वरूप क्वेस्ट र इन्सेन्टिभ प्रदान गरिएको छ।

पठाओले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सूचनामा यात्रुहरूलाई केवल एपमार्फत नै राइड बुक गर्न आग्रह गरिएको छ। अफलाइन राइड लिँदा ठगी, डकैती, दुर्व्यवहारजस्ता घटनाको जोखिम हुने, न त बीमा सुविधा हुने — यस्तो यात्रा सुरक्षित नहुने हुँदा सावधानी अपनाउन भनिएको छ।

यदि कुनै समस्या देखा परेमा, यात्रुहरूले २४ घण्टा खुला पठाओको हेल्पलाइन नम्बर ०१-५९७००९९ मा फोन गरी उजुरी वा गुनासो दिन सक्ने सुविधा पनि उपलब्ध रहेको पठाओले जनाएको छ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  १० : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले