७ चैत्र २०८२, शनिबार । March 22, 2026

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान


२० जेष्ठ २०८२, सोमबार  

12
Shares

काठमाडौं । नेपाली पर्या साहित्य प्रतिष्ठान र साहित्य पोष्टको सह–आयोजनामा शनिबार काठमाडौँको प्रज्ञा प्रतिष्ठान भवनमा सम्पन्न दशौं वातावरण साहित्य गोष्ठीअन्तर्गत आयोजित पर्या निबन्ध प्रतियोगितामा भवानी खतिवडा प्रथम भएकी छन्।

‘प्रलयको आधिबेहरि’ शीर्षकमा निबन्ध लेखेर खतिवडाले पहिलो स्थान प्राप्त गर्दै ५० हजार रुपैयाँ राशिसहित प्रमाणपत्रबाट सम्मान प्राप्त गरेकी हुन्। त्यस्तै, ‘प्रकृतिप्रति प्रेम, करुणा र उत्साह किन’ शीर्षकमा निबन्ध प्रस्तुत गरेका हरिबोल काफ्ले दोस्रो स्थानमा रही ४० हजार रुपैयाँसहित सम्मानित भए। गोबिन्द गोपाल खतिवठा भने ‘विकासः प्राप्तिको श्रृङ्खला र पस्चतापको पुनर्बोध’ शीर्षक निबन्धमार्फत तेस्रो स्थानमा पुग्दै ३० हजार रुपैयाँ राशिसहित सम्मानित भए।

यस अवसरमा देशभरबाट प्राप्त १०८ निबन्धहरूमध्ये उत्कृष्ट ठहरिएका ३२ निबन्धहरूको संग्रह विमोचित गरिएको थियो। तिनैमध्ये उत्कृष्ट तीन निबन्धकारलाई नगद पुरस्कार प्रदान गरिनुका साथै बाँकी २९ प्रतियोगीलाई पनि प्रमाणपत्रसहित सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रममा विजय हितानको पर्या कविता संग्रह ‘ मलाई आर्यघाट लगेर नजलाउनू’ को पनि विमोचन गरिएको थियो । कार्यक्रममा वक्ताका रूपमा डा. गीता त्रिपाठीले कविता संग्रहको र डा. अशोक थापाले निबन्धसंग्रहको समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए। उनीहरूले वातावरणीय मुद्दालाई समेट्दै लेखिएको यस्ता कविता तथा निबन्धहरूले समाजमा चेतना जगाउन सहयोग पुर्‍याउने उल्लेख गरे।

दशौं संस्करणसम्म आइपुगेको वातावरण साहित्य गोष्ठीले केवल कविता र साहित्यको सौन्दर्य मात्र होइन, वातावरणीय चिन्तन र सामाजिक सरोकारलाई समेट्दै जनमानसमा प्रभाव पार्न सफल भएको सन्देश दिएको छ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  १० : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो