२९ पुस २०८२, मंगलबार । January 14, 2026

मौसमी प्रणालीको प्रभावः देशभर बर्षाको सम्भावना



काठमाडौं । हाल देशको पश्चिमी र मध्य भू-भागमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव जमाएको छ भने कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी प्रणालीको असर देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी लगायतका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ। अन्य अधिकांश भू-भागमा मौसम मुख्यतः सफा वा आंशिक बदली रहेको जनाइएको छ। कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार पनि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा र अन्य क्षेत्रका एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही ठाउँहरूमा हल्का वर्षासँगै हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाले यस्तो मौसमी अवस्थाका कारण दैनिक जनजीवन, कृषिकर्म, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक तयारी गर्न र सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  ९ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले